सुरुङ्गा। नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको आव्हानमा विद्यालय कर्मचारीले भदौ ३ र ४ गते देशभरका सामुदायिक विद्यालयहरु बन्द गर्ने भएका छन् ।

सामुदायिक विद्यालयका कर्मचारीलाई गुजारा गर्न मुश्किल पर्ने अत्यन्त न्यून पारिश्रमिक दिइएको, सामुदायिक विद्यालयमा सरकारले कर्मचारीलाई स्थायी दरबन्दी नदिएको, लामो समयदेखि कार्यरत कर्मचारीको सेवासुविधा ग्यारेन्टी नगरिएको, नेपाल सरकारको कर्मचारी र शिक्षकले सेवानिवृत्तपछि पेन्सन, उपादन, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम पाउने तर विद्यालय कर्मचारीलाई विभेद गरिएको र विद्यालय कर्मचारीलाई सम्मानपूर्ण व्यवहार नगरिने भएकाले विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साउन ३० गते सात सय ५३ वटै स्थानीय तहमा सरोकारवालासँग अन्तरक्रिया गर्ने, ३१ गते सबै स्थानीय तहमा केन्द्रीय समितिले पेश गरेको मागपत्रका सम्बन्धमा स्थानीय सरकारका प्रतिनिधिलाई ध्यानाकर्षण पत्र बुझाउने र सो समयसम्म पनि माग पूरा नभए भदौ ३ र ४ गते मुलुकभरका सबै सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

साउन १५ गतेबाट शुरु भएको आन्दोलन भदौ ७ गते काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने र यसका लागि काठमाडांै जाऔं अभियान सञ्चालन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्का झापा क्षेत्र नं। ४ क्षेत्रीय समितिका सल्लाहकार पुण्यप्रसाद भट्टराईले जानकारी दिए ।

टाइम्स अफ प्रदेश बाट