काठमाडौं, साउन ३० । सरकारले अब एक सय दिनको रोजगारी ग्यारेन्टी गर्नेभएको छ । परिवारका कुनैपनि सदस्य रोजगार नभएको परिवारमा एक जनालाई कम्तिमा सय दिनसम्म सरकारले रोजगारी दिने भएको हो ।

प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको उनले बताए। स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुनेछ।

यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने छन्। कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ।