मंगलबार राति अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णयहरू गरेको छ। सिंहदरबारस्थित मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले गरेका निर्णयहरू यस्ता छन्।

१. निम्न बिधेयकहरू संघीय संसदमा पेश गर्ने निर्णय गरिएको छर। बालबालिका सम्बन्धि कानुनलाई शंशोधन र एकीकरण गर्न बनेको बिधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धि बिधेयक, रोजगारिको हक सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२. निक्षेप तथा कर्जा सुरक्षा कोषको अध्यक्षमा महालेखा नियन्त्रक शुरेश प्रधानलाई तोक्ने।

३. मेलम्ची खानेपानी आयोजनाको प्रयोजनार्थ बुढानिलकण्ठ क्षेत्रको ९ आना जग्गा अधिकरण गर्न स्वीकृति प्रदान।

४. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान बिकास समितिको पुनर्गठन गरिएको। जसमा, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्राडा मिना वैद्य मल्ल, उपरथि हिमालय थापा, डा शंकर शर्मा, भवानी राणा, हरि फुयाँल र लालबाबु यादवको समितिको कार्यकाल ३ वर्ष रहनेछ

५. नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई उक्त पदबाट हटाउने निर्णय गरेको छ।

हेर्नुहोस् भिडियो

https://youtu.be/IJ9yUSpvacY