नेपाली कांग्रेसका सांसद गगन थापाले प्रहरीले किशोर किशोरीलाई पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफलका क्रममा सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको सधान भेटाएको भनेर छापामा समेत आउने गरेकोमा आश्चर्य व्यक्त गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप हैन। सुरक्षाकर्मीहरूलाई यो ऐन आएको उहाँहरूलाई बताइदिनुहुन आग्रह गर्दछु’, थापाले भने।

सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए। सेतो पाटी बाट साभार