सरकारले वर्षमा सय दिनकाे राेजगारी ग्यारेन्टी गर्ने भएकाे छ। कुनै पनि सदस्य राेजगार नभएकाे परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनकाे राेजगारी दिने श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

प्रतिनिधि सभाकाे उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बाेल्दै उनले राेजगारी नभएकाे परिवारकाे सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन राेजगारी दिने कार्यविधि बनेकाे जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेकाे उनले बताए।

स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झाैता गरी राेजगारी ग्यारेन्टीकाे कार्यक्रम सञ्चालन हुनेछ।

याे कार्यक्रममा राेजगारी पाउनेले सरकारले ताेकेकाे न्यूनतम ज्यालाकाे आधा रकम सरकारकाे तर्फबाट पाउने छन्।

कार्यक्रमका लागि ३ अर्ब २५ कराेड बजेट बिनियाेजन भएकाे छ।