काठमाडौं– बलिउड नायक सलमान खानलाई काठमाडौं ल्याउँछु भनेर ठगी गरेको आरोप लागेका ओडिसी नेपालका सञ्चालक सिमान्त गुरुङ बैंकिङ कसुर मुद्दामा जेल चलान भएका छन् ।

सलमान खानलाई काठमाडौं ल्याउने कार्यक्रमका लागि काटिएका टिकटको रकम फिर्ता नगरेर ठगी गरेको मुद्दामा १५ करोड धरौटी तिरेर रिहा भएका सिमान्त बैंकिङ कसुर मुद्दामा धरौटी तिर्न नसक्दा बुधवार जेल चलान भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठगी मुद्दामा धरौटी तिरेर छुटे लगत्तै गुरुङ साउन २५ गते अदालतबाटै पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा छानबिन गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएको थियो ।

काठमाडौं जिल्ला अदालतले बुधवार गुरुङसँग ४५ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी मागेको रकम तिर्न नसक्दा उनी जेल गएका हुन् ।