विद्यानन्द राम राजविराज । सप्तकोशी ब्यारेजमा आज (बुधवार) यस वर्षकै उच्च पानीको बहाव पुगेको छ । ब्यारेज प्रशासनका अनुसार विहानैदेखि पानीको बहाव बढ्दो छ । आज वेलुकी ७ बजे गरिएको मापन अनुसार २ लाख ८४ हजार ९ सय ९० क्यूसेक पानीको वहाव पुगेको हो ।
हिजो (मंगलवार) वेलुकी ५ बजे १ लाख ७३ हजार ४ सय ४५ क्यूसेक पानीको वहाव मापन गरिएको थियो । पहाडी क्षेत्रमा निरन्तर वर्षा भईरहेकोले वहाव बढ्दो अवस्थामा रहेको ब्यारेज प्रशासनले जनाएको छ ।
ब्यारेजमा पानी वहाव बढ्दो देखिएसँगै खतराको संकेत रातो बत्ती बालिएको हो । ब्यारेजमा ३ लाख पानीको वहाव कट्नासाथ खतराको बढि सम्भावना रहने गरेकोले कोशी तटबन्ध क्षेत्रका बासीन्दालाई उच्च सर्तकता अपनाउन भनिएको छ । जनता समाचार










