दमक/नेपाल बिद्यालय कर्मचारी परिषदले आउदो भदौ ३ र ४ गते बिद्यालय बन्द गरेपछि यसको समर्थन र बिपक्षमा बहस शुरु भएको छ । शिक्षकका संघसंगठनहरुले बन्दको समर्थन गरेकाछन् अभिभावहरुले यसको बिरोध गरिरहेकाछन् ।
चरणबद्ध आन्दोलनको क्रममा २ दिन देशभरका सामुदायिक बिद्यालयहरु बन्दको घोषणा गरिएको परिषद दमक अध्यक्ष श्रीप्रसाद काफ्लेले बताए । उनका अनुसार यसलाइ सफल बनाउन दमकमा समेत अन्तरक्रिया र छलफल भएको छ ।
नेपाल शिक्षक महासंघका संघिय राष्ट्रिय प्रतिनिधि प्रकाश भण्डारीले यो बन्दमा आफुहरुको पनि समर्थन रहेको जनाए । यस्ताछन् परिषदका मागहरु 











