जिल्ला अदालत काठमाण्डुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जिल्ला अदालत काठमाण्डुबाट दुई दिनको म्याद थपिएको जानकारी दिए । प्रहरीले अदालतबाट विकलाई तेस्रो पटक म्याद थपको अनुमति लिएको हो । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण मुद्धामा विकलाई बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित गराउन सोमबार आदेश दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

व्यवसायीसँग सात करोड चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाण्डुले विकलाई गत २२ साउनमा टौदहबाट पक्राउ गरेको थियो । यसैबीच प्रहरीले विकलाई बिहीबार सर्वोच्च अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । काठमाडौं टुडे बाट