धनकुटा खबर । देशमा कृषि उपजको उत्पादन बढाइ, आत्मनिर्भर बनाउने सरकार लक्ष्य छ । तर श्रमिक,मलबीउ अभाव र मौसमी प्रतिकुलता खेपेर बल्लतल्ल उत्पादन गरेको कृषि उपज बिक्रीका लागि भरपर्दो बजार नभएकै कारण धनकुटाका किसान एकपछि अर्को गर्दै पलायन हुनथालेका छन् ।

तीन वर्षअघिसम्म वार्षिक ६० लाख रुपैयाँ भन्दा बढिको अलौंचीका बिरुवा बिक्री गर्ने धनकुटा भीरगाउँका चन्द्रलाल तामाङले विरुवा बिक्न छाडेपछि अलैंचीको नर्सरी मासेर दुध उत्पादन र तरकारी खेती थाल्नुभएको छ । कृषि क्षेत्रकै सर्वोत्कृष्ठ राष्ट्रति पुरस्कार बिजेता उहा तरकारी र दुधबाट पनि लागत नउठेपछि अर्को विकल्पको खोजिमा रहेको बताउनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जायजेथा बैंकमा धितो राखेर १० वर्ष देखि तरकारी उत्पादन गर्दै आएका छिन्ताङका मातृका राई हिजोआज एक किलोमा १५ रुपैयाँसम्म घाटा व्यहोरेर गोलभेंडा बेच्न बाध्य भएको बताउनुहुन्छ । अब कृषि पेसानै त्याग्ने निचोडमा पुगेको उहाको भनाइ छ । तामाङ र राई मात्र होइन, कृषिमै उज्वल भविष्य देखेर ब्यबसायिक उत्पादनमा लागेका धनकुटाका अधिकांस किसान उत्पादित कृषि बस्तु विक्री गर्ने बजार अभावकै समस्याले पलायन हँुदै गएका हुन् ।

कृषि उपज उत्पादन गर्नुभन्दा पनि कहाँ बेच्ने भन्ने समस्या प्रमुख बनेको छ । उत्पादन गर्नु अघि बजारको माग कस्तो छ, उपभोक्ताको चाहना केहो ? कुनै कारणबस बजारमा बिक्री नहुँदा के गर्ने भन्ने विकल्प बारे नसोचिएको कारण यस्तो समस्या भएको कृर्षि अभियान्त जिवन राई बताउनुहुन्छ ।

चिया, गोलभेंडा, बन्दाकाउली, अदुवा, अलैंची र सुन्तला उत्पादन नै धनकुटाका किसानको जीविकोपार्जनको मुख्य माध्यम हो । भाउ नभएका बेला बारिमै कुहाउने र खोल्सा वा सडकमा फाल्ने भन्दा अर्को विकल्प किसानसँग छैन, जस्ले गर्दा कृषि पेसा नै छाडेर किसान पलायन हुनथालेका हुन् – हेर्नुहोस् एक भिडियो रिपोर्ट