काठमाडाैं-नेपाल विद्युत् प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलाई ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ ।
३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पु-याइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णय गरी ९ हजार कर्मचारीलाई उत्सवभत्ताबापत पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो । आर्थिक वर्ष २०७३-७४ मा १ अर्ब ४६ करोड बराबर नाफा कमाउन सफल प्राधिकरणले भने गत आर्थिक वर्ष २०७४-७५ मा ९८ करोड कमाउन सफल भएको छ ।
प्राधिकरणले १ अर्ब १ करोड खुद मुनाफा रहेको जनाएपनि यो रकमा सामाजिक उत्तरदायित्वको १ करोड र बिमाको २ करोड रुपैयाँसमेत समावेश छ । अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ ।










