काठमाडौं, ३१ साउन । नेकपाले पार्टी समायोजनका लागि बनाएको कार्यदलले अहिलेसम्म १५ जिल्लाको समायोजन पूरा गरेको छ । नेकपाका पूर्व घटक पार्टीका जिल्ला नेताको जिल्लास्तरमै बनेको कार्यादलले अहिलेसम्म झण्डै १५ जिल्लाको पार्टी अध्यक्ष टुङ्गो लगाएको हो ।
कार्यदलले १५ जिल्लाका अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको छ । प्रदेश–५ का १२ वटै जिल्ला अध्यक्षको टुङ्गो लागिसकेको छ । मोरङ, मुस्ताङलगायत जिल्लाको पनि अध्यक्षको अन्तिम टुङ्गो लाग्ने अवस्थामा रहेको नेताहरुले जानकारी दिएका छन् । प्रदेश–५ का १२ जिल्लामध्ये ७ वटामा पूर्व एमाले र ५ वटामा पूर्व माओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन् । यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नाम समेत प्रदेश कार्यदललाई सर्वसम्मत सिफारिस भइसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिएका छन् । पूर्व एमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ । पूर्व माओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ । अध्यक्ष पूर्व एमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेता छन् । दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेल, मुस्ताङमा रमेश भट्टचन र मोरङमा ऋषि पोखरेलले अध्यक्ष पाएका छन् । यी सबै पूर्व एमालेका नेता हुन् । त्यस्तै, बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्दै छन् । यी नेता भने पूर्व माओवादीका हुन् ।
पार्टीको तल्लो कमिटी समायोजनका क्रममा भूगोलका ७७ जिल्लामध्ये ४४ मा पूर्व एमाले र ३३ मा पूर्व माओवादी केन्द्रका नेतालाई जिल्ला अध्यक्ष दिने गरी अनौपचारिक भागबण्डा गरेको नेकपाले अहिले प्रदेश र जिल्ला कमिटीको संख्याको भागबण्डा सकेर नेतृत्वका विषयमा छलफल केन्द्रित गर्न थालेको जनाइएको छ ।
पार्टी एकताको तीन महिनासम्म पनि तल्लो कमिटीसम्म एकता हुन नसकेका बेला केन्द्रीय सचिवालयले तल्ला कमिटी र जनवर्गीय संगठन (जवस) मोर्चाको समायोजनका लागि फरक–फरक कार्यदल बनाई काम गरिरहेको थियो । कमिटीको संख्या, नेतृत्व र कमिटीमा रहने नेताको नामसहितको सुझाव प्रतिवेदन बुझाउन साउन मसान्तसम्मको समयावधि सचिवालयले दिएपछि कार्यदल तहले अन्तिम तयारी गरिरहेको छ ।
शुक्रबारसम्म सबै कार्यादलले आ–आफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइसक्ने गरी तयारी गरिरहेको कार्यदलमा रहेका नेताको भनाइ छ । कर्णाली प्रदेश र प्रदेश– २ मा भने पूर्व घटकले बराबरी जिल्लाको नेतृत्व बाँडफाँट गर्ने समझदारी भएको जनाइएको । कर्णाली प्रदेशका १० जिल्लामध्ये बराबरी आधारमा ५–५ ओटा जिल्लाको बाँडफाँटको तयारी भएको छ । तर कुन जिल्लाको नेतृत्व कुन पक्षलाई भन्ने विषयमा भने कार्यदल तहमा अझै छलफल चलिरहेकाले टुङ्गो लागि नसकेको केन्द्रीय सदस्य मायाप्रसाद शर्माले बताएका छन् ।
प्रदेश–२ का आठ जिल्लामा भने प्रदेशदेखि जिल्ला कमिटी र नेतृत्वसम्म पनि बराबरीका आधारमा भागबण्डा लगाइएको छ । त्यसो हुँदा पूर्ववत् दुवै घटकले ४–४ वटोटा जिल्लाको नेतृत्व पाउने छन् । कुन पक्षलाई कुन जिल्लाको नेतृत्व दिने भन्ने विषय भने छलफलमै रहेको केन्द्रीय सदस्य युवराज भट्टराईले बताएका छन् । प्रदेश–२ का आठै जिल्लाका जिल्ला कमिटी १६५ सदस्यीय बन्ने छ । त्यसमा ७५–७५ को भागबन्डा छ । बाँकी १५ मा पछि समायोजन गरिने सहमति गरिएको छ ।
प्रदेश–१ मा मोरङको जिल्ला अध्यक्षमा एमालेका ऋषि पोखरेलको टुंगो लागिसकेको छ । अन्यमा भने बाँकी छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा पूर्व एमालेले अध्यक्ष पाउने भएको छ । यहाँ १ सय ५ (पूर्व एमाले) र ७० (पूर्व माओवादी) को कमिटी रहने गरी भागबण्डा मिलाइएको छ ।
तेह्रथुम, इलाम, सुनसरी, झापा, मोरङलगायत जिल्लामा संख्या टुंङ्गो लगाए पनि नेतृत्वका विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको छ । प्रदेश–१ का १४ जिल्लामध्ये ८–६ को नेतृत्व बाँडफाँट गर्ने प्रदेश कार्यदलबीच अनौपचारिक छलफल चलेको छ । प्रदेश–३ मा भने जिल्लाले नै विषय टुंग्याउन नसक्दा प्रदेश कार्यालयले अन्य प्रदेशका तुलनामा कमै मात्र काम टुग्याएको छ । भूगोलका १३ र गैरभूगोलका ४ वटा जिल्ला रहेको यो प्रदेशमा भूगोलका जिल्लामा ८ र ५ को भागवण्डाको तयारी छ । एक नेताका अनुसार, काठमाडौ उपत्यकाभित्रका एउटा जिल्लासहित मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा पूर्व माओवादीको भागमा पर्ने सम्भावना छ । काठमाडौं, काभ्रे, दोलखा, रामेछाप, चितवन, धादिङलगायत जिल्लाको नेतृत्व पूर्व एमालेले पाउने छ। गण्डकी प्रदेशमा जिल्लाको संख्या बाँडफाँट टुंगो लागे पनि नेतृत्वको छैन । मुस्ताङमा एमालेका रमेश भट्टचन बाहेक अन्य जिल्ला अध्यक्ष सर्वसम्मत हुन सकेका छैनन् । यो प्रदेशका ११ जिल्लामध्ये ७–४ मा भागबन्डाको छलफल चलिरहेको छ । प्रदेश–७ को पनि संख्यालगायतका विषय टुङ्गिएका छन् । तर जिल्लाको भागबण्डा टुङ्गिएको छैन । प्रदेश तहमा भने सात प्रदेशमा ४ वटा पूर्व एमाले र ३ माओवादीलाई नेतृत्व दिने गरी सहमति भएको छ । समायोजन टुङ्गिएका जिल्ला अध्यक्षहरु
तेह«थुम, इलाम, सुनसरी, झापा, मोरङलगायत जिल्लामा संख्या टुंङ्गो लगाए पनि नेतृत्वका विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको छ । प्रदेश–१ का १४ जिल्लामध्ये ८–६ को नेतृत्व बाँडफाँट गर्ने प्रदेश कार्यदलबीच अनौपचारिक छलफल चलेको छ । प्रदेश–३ मा भने जिल्लाले नै विषय टुंग्याउन नसक्दा प्रदेश कार्यालयले अन्य प्रदेशका तुलनामा कमै मात्र काम टुग्याएको छ । भूगोलका १३ र गैरभूगोलका ४ वटा जिल्ला रहेको यो प्रदेशमा भूगोलका जिल्लामा ८ र ५ को भागवण्डाको तयारी छ ।
एक नेताका अनुसार, काठमाडौ उपत्यकाभित्रका एउटा जिल्लासहित मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा पूर्व माओवादीको भागमा पर्ने सम्भावना छ । काठमाडौं, काभ्रे, दोलखा, रामेछाप, चितवन, धादिङलगायत जिल्लाको नेतृत्व पूर्व एमालेले पाउने छ।
गण्डकी प्रदेशमा जिल्लाको संख्या बाँडफाँट टुंगो लागे पनि नेतृत्वको छैन । मुस्ताङमा एमालेका रमेश भट्टचन बाहेक अन्य जिल्ला अध्यक्ष सर्वसम्मत हुन सकेका छैनन् । यो प्रदेशका ११ जिल्लामध्ये ७–४ मा भागबन्डाको छलफल चलिरहेको छ । प्रदेश–७ को पनि संख्यालगायतका विषय टुङ्गिएका छन् । तर जिल्लाको भागबण्डा टुङ्गिएको छैन । प्रदेश तहमा भने सात प्रदेशमा ४ वटा पूर्व एमाले र ३ माओवादीलाई नेतृत्व दिने गरी सहमति भएको छ ।
समायोजन टुङ्गिएका जिल्ला अध्यक्षहरु
पूर्व माओवादीका
बर्दिया – भुवन थारू
बाँके – अक्कलबहादुर बम
पूर्वी रुकुम – होमप्रकाश श्रेष्ठ
रोल्पा – सुरेन्द्र घर्ती
नवलपरासी – घनश्याम यादव
पूर्वएमालेका
दाङ – शिव आचार्य
प्युठान – तुलसीराम शर्मा
कपिलवस्तु – छविलाल पोखरेल
अर्घाखाँची – पीताम्बर आचार्य
रूपन्देही – गोपाल भट्टराई
गुल्मी – वाला काउत्छा
पाल्पा – राधाकृष्ण कँडेल
मुस्ताङ – रमेश भट्टचन
मोरङ – ऋषि पोखरेल
नयाँ पेज बाट










