काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पारित भएका कानून देखाएर वर्तमान सरकारलाई बदनाम गराउने प्रयास भएको बताएका छन्।

नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत कार्यक्रममा बोल्दै ओलीले चिकित्सकलाई जेल हाल्ने कानुन यो सरकारले नबनाएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारका कामप्रति अनेक प्रकारले व्यवधान खडा गर्ने प्रयास भएको ओलीको भनाई छ।

कांग्रेस अब झन् कमजोर हुने उनले बताए। गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले छोडेको काँग्रेस ढिलो–चाँडो अरूले पनि छोड्ने उनको भनाई छ।

‘मतदाताले गत निर्वाचनमा बुझें, केही कार्यकर्ताले काँग्रेस बुझ्न बाँकी छ,’ उनले भने।

प्रवेश गर्ने हरुलाई स्वागत गर्दै भने,‘मौरीको साथ उडान गरियो भने फूलमा परिन्छ। झिँगाको साथ उडान गरे, फोहोरमा परिन्छ। छनोट सही गर्नुभएको छ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारलाई कमजोर बनाउन बितण्डा गर्नेहरुको प्रयास सफल नहुने बताए। सुशासन समृद्धिको उडान गर्ने तयारीमा रहेको बताए। कम्युनिस्ट आन्दोलनमा प्रतीकका रूपमा परिचित रोल्पा ,रुकुम पछि ओखलढुङ्गा जोडिएको उनले बताए।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराही मा भएको पार्टी प्रवेशमा कार्यक्रमममा काठमाण्डौ र ललितपुरबाट करिब डेढ सय जना युवाहरु नेकपा प्रवेश गरेका थिए।

कार्यक्रममा ओखलढुंगाका पूर्व जिविस सभापति रामकुमार खत्री समेत नेकपा प्रबेश गरे। नेपाल लाइभ बाट