२०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर दौरासुरुवाल र साडी-चोलोलाई राष्ट्रिय पोशाकबाट हटाएका थिए ।सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ ।सरकारले औपचारिक रुपमा आयोजना गरेका कार्यक्रममा पुरुषका लागि लवेदा–सुरुवाल (दौरा–सुरुवाल ढाकाटोपी) र महिलाका लागि साडी-चोलो अनिवार्य रुपमा लगाउनुपर्ने प्रावधान पुनः ल्याएको हो ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरासुरुवाल र साडी(चोलोलाई हटाउँदै नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेका थिए । उनको यो निर्णयको चौतर्फी आलोचना समेत भएको थियो । तर ७ वर्षपछि तत्कालिन सरकारको निर्णय उल्टाउँदै कार्यविधि नै बनाएर गृह मन्त्रालयले दौरासुरुवाल-साडीचोलोलाई राष्ट्रिय पोशाकका रुपमा मान्यता दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“नेपाली पोशाक भन्नाले नेपाली नागरिकले लगाउँदै आइरहेको महिलाको निमित्त जुनसुकै शैलीको चोलो(साडी र जुत्तासहितको पोशाक र पुरुषको निमित्त सेतो रंगको लवेदा(सुरुवाल, ग्रे(कालो कोट, भादगाउँले कालो टोपी र छालाको कालो जुत्ता सम्झनुपर्ने छ,” गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारको उक्त निर्णयअनुसार नै भदौ १९ गते राष्ट्रपति भवन शितल निवासमा प्रदान गरिने विभूषण समारोहमा सहभागी सबैलाई दौरासुरुवाल र साडी(चोलोमा उपस्थित हुन परिपत्र गरेको छ । भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वर्ष सार्वजनिक गरिएका नेपाल रत्न १, राष्ट्र गौरव २, महाउज्वल राष्ट्रदीप ५, उज्वल कीर्तिमय राष्ट्रदीप १, प्रशिद्ध प्रवल जनसेवाश्री ७, सुकीर्तिमय राष्ट्रदीप २१, सुप्रवल जनसेवाश्री १ सय १९, कीर्तिमय राष्ट्रदीप ५, प्रवल जनसेवाश्री १ सय ४० र जनसेवाश्री ४५ जना गरी ३ सय ४५ जनाको नाम विभूषणका लागि छनौट गरिएको थियो ।

२०७४ जेठ १५ गते घोषणा गरिएका मानपदवी(अलंकार लगायतका विभष्ूाण प्रदानका लागि गृह मन्त्रालयले विभूषण सिफारिस सबैलाई भदौ १७ गते प्रवेशपत्र लिनुपर्ने पनि जनाएको छ । तोकिएको पोशाक र परिचयपत्र बिना समारोहमा उपस्थित हुन नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ । तर हिमाल(पहाड(तराई–मधेसमा लगाइने परम्परागत संस्कृति अनुसारको जाती(भाषा र धर्म झल्काउने पोशाकलाई पनि सुशोभन समारोहमा लगाउन सकिने छुट दिइएको छ । विभूषण समारोहमा निजामती, ज्रगी र प्रहरी कर्मचारीका लागि भने उनीहरूले औपचारिक समारोहमा लगाउने पोशाकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

गत असारमा जारी गरिएको ‘विभूषण सिफारिस कार्यविधि प्रदान सम्वन्धि मापदण्ड २०७५’मा पनि विभुषण समारेहमा पुरुषले दौरासुरुवाल(ढाकाटोपी ९कालो भादगाउँले० र कालो जुत्ता तथा तथा महिलाको हकमा साडी(चोलो र जुत्ता लगाउनुपर्ने प्रावधान समेटिएको छ । जनता टाइम्स बाट