काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी एकीकरण प्रकृया शुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा पार्टी एकीकरणक्रममा अध्यक्ष पूर्वएमालेले लिने र सचिव पूर्वमाओवादीले लिने सहमति भएको छ । यस्तै जिल्ला कमिटीमा एमाले तर्फबाट १ सय ५ र माओवादीबाट ७० सदस्य रहने बताइएको छ ।
बैठकले पूर्वएमालेबाट जिल्लाकमिटीमा २७ जना सदस्य थप्ने निर्णय गरेको छ ।
१. सन्तोष आचार्य २. मीना पराजुली ३. लीला कट्टेल ४. लीला दाहाल ५. नरमाया कार्की ६. रेणुका डाँगी ७. मीरा भुर्तेल ८. कमला आचार्य ९. भोजकुमारी नेपाल १०. विन्दा पौडेल ११. मीना बस्नेत १२. हरि राना १३. जीवन श्रेष्ठ १४. ध्रुव शिवाकोटी १५. राजेन्द्र पोखरेल १६. चन्द्र शेर्मा १७. डम्बर गिरी १८. अर्जुन पौडेल १९. हीरा पोखरेल २०. नारायण पोखरेल २१. नेत्र दाहाल २२. सर्वलाल राजवंशी २३. नारायण गौतम २४. बद्री भट्टराई २५. शंकर थापा २६. चन्द्र प्रसाईं
२७. देविमाया भट्टराई
अध्यक्ष छान्ने जिम्मा स्थायी कमिटीलाई
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्लामा पार्टी एकीकरण त सहज बन्दैछ, तर अध्यक्ष को हुने ? पक्कै पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई सहयोग पुग्ने गरी नै नेतृत्व बन्नुपर्छ । एमालेबाट अध्यक्ष बन्ने भनिएपछि ुदई व्यक्तिको चर्चा चुलिएको छ । एक हुन् चिन्तन पाठक र अर्का दीपक कार्की ? दुईमध्ये को अध्यक्ष बन्लान् ? धेरैको चासो छ । संयुक्त बैठकले भने अध्यक्ष छान्ने जिम्मा स्थायी कमिटीमै आग्रह गर्ने निर्णय भएको छ । जनता समाचार बाट










