ओखलढुंगाका सयौ नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पाटीमा प्रवेश गरेका छन् । पार्टी स्वार्थमा लागेपछि अस्तित्व बिहीन भएको भन्दै उनीहरुले नेकपामा प्रवेश गरेको बताएका छन । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले टीका तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कांग्रेस परित्याग गर्दै नेकपामा प्रवेश गर्नेमा ओखलढुंगाका पूर्व सचिव तथा जिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेस सुनुवार, खिजीकाती गाउँकमिटीका सभापति तथा कांग्रेसबाट निर्वाचित पूर्व गाविस अध्यक्षहरु रेवतकुमार सुनुवार, लालप्रसाद नेपाल, गाउँपार्टी सभापतिहरु गजेन्द्रबहादुर बस्नेत, पूर्व गाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरु होमबहादुर सुनुवार, अमर बहादुर खत्री सचिवहरु केसर कुमार सुनुवार, चुडाप्रसाद पौडेल, कोषाध्यक्ष मन्जुकुमारी बिक, नेपाली कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारसहित कांग्रेसका सक्रिय नेता कार्यकर्ता रहेका छन् ।