काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास गरेको खुलासा भएको छ । ठगी आरोपमा प्रहरीले युक्रेनका नागरिक बिटली बिलया र नटालिया मेल्नी चुकलाई पक्राउ गरेको छ ।
दुवैले नेपाली युवालाई पोल्याण्ड पठाइदिने भन्दै लाखौँ ठगी गरेको पाइएको छ । पुतलीसडकस्थित एउटा घर भाडामा लिएर पोल्याण्ड पठाइदिन्छु भन्दै उनीहरुले उदयपुर बेलगरका २६ वर्षीय बुद्धिराज विष्टसहित ९ जनालाई ठगेको पाइएको छ । सामाजिक सञ्जाल फेसबुक, भाइबरमार्फत सम्पर्क बढाएर सहजै पोल्याण्ड जान सकिने भन्दै उनीहरुले ठगी गरेको पाइएको कछ । मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब हुने भन्दै ७ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै २ लाख रुपैयाँ लिएर उनीहरु बेखबर बनेपछि प्रहरीमा उजुरी परेको हो ।
प्रहरी अनुसन्धानमा उनीहरुले सामाजिक सञ्जाल भाइबर र फेसबुकमार्फत पोल्याण्ड पठाउने भन्दै ६ सयजनालाई सम्पर्कमा ल्याएर ठगी गर्न खोजेको पाइएको छ ।










