मलंगबार रातिको भिषण वर्षापछि धोबीखोला उर्लेर अायाे। बाढीले काठमाडौं महानगरपालिका–१० स्थित मदन भण्डारी कलेज वरपरका सयौं बस्ती डुबायाे।

कक्षाकाेठा रहेकाे कलेज भवनको तल्लो तलामा पानी पस्याे।

डेढ फिटभन्दा बढी पानी जमेपछि बुधबारदेखि कलेजकाे पठनपाठन ठप्प भएको छ। काेठामा बाढीले बगाएर ल्याएकाे लेदाे जमेकाे छ। कलेज सञ्चालन गर्न कठिन भएपछि बुधबारदेखि शनिबारसम्म विदा दिइएको छ। हिलो फ्याँक्ने काम शनिबार साँझसम्म सक्ने कलेज प्रशासनले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कलेजसँगै सयौं घरहरु पनि डुबानमा परेका छन्। जनप्रतिनिधिले बाढीप्रति कुनै चासो नदिएको कलेजका प्रमुख डम्मर हमालाले गुनासो गरे।

मदनभण्डारी कलेज नजिकै स्टेशनरी सञ्चालन गर्ने ईन्दिरा गौतम पनि अहिलेसम्म कुनै जनप्रतिनिधीले राहत तथा उद्धारको विषयमा पहल नगरेको बताउँछिन्। धोबीखोलाको ढल निकास व्यवस्थित नहुँदा एवं होचा पुलहरुका कारण बाढी बस्तीमा पसेको उनी बताउँछिन्।

काठमाडौं वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी आफ्नो टोलीले बाढी प्रभावित क्षेत्रमा काम गरिरहेको दाबी गर्छन्। बाढी आएपछि वडा कार्यालायको सम्पूर्ण टोली रातिदेखि नै परिचालन भएको उनको भनाइ छ। ‘बाढी नियन्त्रणका लागि इन्जिनियरसहित डोजर परिचालन भएको छ। बाढीको सिसिटिभी फुटेज ल्याएर हामीले बाढीको विश्लेषण गरिहेका छौं। अबदेखि यो समस्या दाेहाेरिने छैन’, केसीले नेपालखबरसँग भने।

भिडियाे रिपाेर्ट हेर्नुहाेस्:

https://youtu.be/JMmF2VnybJk