दमक/लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका गर्भनर अनन्तप्रसाद भेटवाल सहितको नयाँ टिम निर्वाचित भएपछि पहिलो पटक औपचारि रुपमा पुर्व आउदा बिराटनगर बिमानस्थलमा भब्य स्वागत भएको छ । कुनै निर्वाचित प्रधानमन्त्री आएजस्तै गरेर स्वागत भएको हो । पञ्चैबाजा सहित लाइनबद्ध लागेर उनको स्वागत गरिएको थियो ।
स्वागतमा दमकमा लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट, स्टर्नलाइन र युनाइटेडको समेत सहभागिता रहेको थियो । जोन चियर पर्सन रुद्र गौतमका अनुसार स्वागत भब्य र सभ्य भएको थियो । भेटवाल आज दमक आउने कार्यक्रम रहेको समेत बताईएको छ ।










