दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले आज झापाको हम्सेदुम्से सामुदायिक बनको हाताभित्र बृक्षरोपणको आयोजना गरेको छ । ३२५ ए वानका डिस्ट्रिक गर्भनर अनन्त प्रसाद भेटवालको उपस्थितिमा क्लवले बृक्षारोपण आयोजना गरेको क्लवका अध्यक्ष चन्द्र गजमेरले बताए ।



उनका अनुसार यहाँ आफुहरुले लायन्स बाटिकाको रुपमा बिकास गर्न चाहेको समेत बताएकाछन् । यसमा लायन्स क्लव अफ दमक युनाइटेडको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिस्ट्रिक गर्भनर भेटवालले लायन्स वातवरण संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको बताएका थिए । यसै अन्र्तगत देशभकार लायन्स क्लवहरुले बृक्षारोपण गर्दै आएकाछन् ।
दमक वडा नं. ३ का वडाध्यक्ष नबिन बराल, बद पदाधिकारीहरु, लायन्सकर्मीहरुको बृक्षारोपणमा उल्लेख्य उपस्थिति रहेको थियो । बिरुवा रोपेरमात्र नहुने बताउदै संरक्षणमा समेत जोड दिइएको थियो ।
लायन्स क्लव इन्टरनेशनलका जोन चियर पर्सन रुद्र गौतमका अनुसार डिस्ट्रिक गर्भनरको यो पहिलो पुर्व भिजिट हो । यस अवसरमा पुर्वमा बिभिन्न कार्यक्रमहरु भइरहेकाछन् । आज नै दमकको नमुना मार्गमा रहेको लायन्स स्तम्भको समेत अवलोकन भएको थियो ।
श्री अन्तुको पनि बृक्षारोपण
यसैगरी लायन्स क्लव अफ श्रीअन्तु र बिगबुद्धले पनि आज नै दमकमा बृक्षरोपण आयोजना गरेको छ । मालपोत र नापी कार्यालय परिसरमा क्लवले बृक्षरोपण आयोजना गरेको कलवका अध्यक्ष बिपि मिश्रले बताए । उनका अनुसार बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएको छ ।श्री अन्तुले यसभन्दा अगाडि रक्तदान लगायतका कार्यक्रमहरु पनि गर्दै आएको छ ।











