काठमाडौं । सरकारी कार्यालयले सामाजिक सञ्जालमा आफ्ना गतिविधि सार्वजनिक गर्न पर्ने संहिता लागु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५’ जारी गरेको छ । राजधानी दैनिकका अनुसार, सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालमा एकाउन्ट खोलेर गुनासो सम्बोधन तथा सूचना र जानकारी दिनु पर्ने उल्लेख छ ।