नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् । उनलाई काठमाण्डु प्रहरी परिसरको टोलीले रिहा गर्न आदेश दिए लगत्तै पक्राउ गरेको हो ।‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले भने ।
यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।
चन्दा असुली गरेको आरोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो । काठमाडौं टुडे बाट










