दमक/झापाको कमलनगर जेसिज कमल गाँउपालिकाले आफ्नो तेश्रो बार्षिकोत्सव यहाँस्थित मंलमय माबिका सुस्त श्रवण भएका बालबालिकाहरुको साथ मनाएको छ । शनिबार शैक्षिक सामाग्रि वितरण सहित आफ्नो बार्षिकोत्सव मनाएको हो ।

मगलमय माबिको हाताभित्र नै भएको कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष डम्बर बरालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा कार्यक्रमको औचित्यमाथि संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले प्रकाश पारेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेसिजका अध्यक्ष कमल कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामाजिक अगुवा प्रमोद दाहाल, पत्रकार बिष्णुप्रसाद पोखरेल लगायतले बोलेका थिए ।