जनकपुर । प्रधानमन्त्री केपी ओली जनकपुर पुग्नु भएको छ । प्रदेश २ को सभामा सम्बोधन गर्न ओली जनकपुर जानु भएको हो । ओलीले केहीबेरमा प्रदेश सभामा सम्बोधन गर्नुहुनेछ ।

ओलीलाई जनकपुर विमानस्थलमा केही प्रदर्शनकारीले कालो झण्डा देखाउने प्रयास गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा युवा नेता सरोज मिश्र, जानी खान, प्रशांत झा, संजय यादव, कमलेश यादव ,पंकज साह र नाम न खुलेका अन्य १ युवा रहेको प्रहरीले बताएकाे छ । जनता समाचार बाट