प्रधानमन्त्री केपीी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले अव बंशजको आधारमा नागरिकता पाउने घोषणा गर्नुभएको छ । प्रदेश २ को प्रदेशसभामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो । ‘जन्मसिद्ध नागरिकको सन्तानले बंशजको आधारमा नागरिकता पाउँछ, तराई मधस हुन कि हिमाल पाहाड, सवै क्षेत्रका नागरिकले नागरिकता सहज रुपमा पाउँछन, आमा र बाबुमध्ये एक नेपाली नागरिक भए तिनका सन्तानले नागरिकता पाउँछन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कोशी गण्डकी र कर्णालीबाट भारतको कलकत्ता बन्दरगाहसम्म पानी जहाज चलाउन सकिने ठोकुवा पनि गर्नुभयो । सरकारले गरेको प्रारम्भिक अध्ययनमै तीन नदिबाट पानीजहाज चलाउन सकिने देखिएको भन्दै अवको केही बर्षभित्र ती नदीहरुबाट पानीजहाज चल्ने ठोकुवा प्रधानमन्त्री ओलीले गर्नुभएको हो ।
‘कोशी गण्डकी र कर्णालीबाट भारतको कलकत्ता बन्दरगाहसम्म पानी जहाज चलाउन सकिन्छ, मैले त चलाउन सकिन्छ भनेकोथियो,अव यी नदीहरुबाट पानीजहाज चल्ने भयो,’ प्रदेश २ को प्रदेशसभामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले राजमार्ग, हुलाकी मार्ग, रेलमार्ग र पानीजाहाजसमेत कुदन भएकाले प्रदेश २ अत्यन्तै भाग्यमानी रहेको धारणासमेत राख्नुभयो ।
उहाँले अहिले नेपालको दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग अत्यन्तै सकारात्मक रहेको रनिकै सहयोगी रहेको बताउनु भयो । ‘भारतसँगको सम्बन्ध अव सधै राम्रो हुन्छ, अव डुवानको समस्या पनि बिगतको जस्तो हुँदैन, हल हुन्छ, प्रधानमन्त्रीले भन्नुभयो, नेपाल डुवाएर आफ्नो मात्रै सुरक्षा होइन, दुवैको सुरक्षा हुनुपर्छ भन्नेमा भारत सहमत भएको छ, मैले भारतकाप्रधानमन्त्रीसँग खुलस्त कुरा गरेको छु,’ भारत भ्रमणको क्रममा, खुलस्त कुराराखेपछि सहमत नहुने कुरै भएन ।
प्रधानमन्त्री ओलीले नेपाल दुवै छिमेकीकोराम्रो सम्बन्धको फाइदा लिन तत्पर रहेकोपनि जानकारी दिनुभयो । ‘अहिले भारतसँग राम्रो सम्बन्ध छ, चीनसँग पनि राम्रो सम्बन्ध छ, दुईटा छिमेकीको बीचमा कुनै कार्ड खेल्दैनौं । मिलेर काम गर्छौं, तपाइहरु पनि मिलेर काम गर्नोस भनेका छौं ।यसमा भारत चीन दुवै देश उत्यन्त उत्साही हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
ओलीले आफूसँगको भेटमा भारतका प्रधानमन्त्रीले चीनका राष्ट्रपति र चीनकाराष्ट्रपतिले भारतका प्रधानमन्त्रीसँगको मित्रताबारे पटक पटक कुरा राखेको बताउनु भयो ।
‘मोदीजीसँग भेट हुँदा चिनिया राष्ट्रपतिबारे तीन पटक कुरा गर्नुभयो, चीनिया राष्टपतिले पनि मोदी अत्यन्त राम्रो मित्र भन्नुभयो । यो सारै खुसीको कुरा हो । यसले हामी अत्यन्त खुसी छौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘चीन र भारतसँगको सम्बन्ध अत्यन्तै राम्रो छ अहिले । हाम्रो अठोटको अभियानमा सहयोग पुर्याउन सवै सहमत भएका छन । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो नाराभारतीय प्रधानमन्त्री रचिनिया राष्ट्रपतिको मुखबाट सुन्नुहुन्छ अव ।’ जनता टाइम्स बाट










