प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन्।
शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।
उनले मेडिकल कलेजको नाम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाम राख्ने सोच बनाएको बताए।
‘मेडिकल कलेजको नाम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा राख्छौं होला’, सम्बोधन गर्दै उनले भने, ‘यसबारे छलफल गरिरहेका छौं। औपचारिक निर्णय भने भइसकेको छैन। मात्र छलफल चलिराछ।’










