काठमाडौँ – बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतीघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भणडरी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ । बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीलाई पक्राउ गर्नेमा महिला प्रहरी निकै कम थिए ।
प्रदर्शनमा रहेका महिलालाई पुरुष प्रहरीले नै धरपकड गरेका थिए ।












