लायन्स क्लब अफ विराटनगर ग्रिनसीटिले अस्पतालका उपकरणहरु वितरण गरेको छ । ग्रिनसिटीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई करिब ३५ लाख बराबरको सामग्री वितरण गरिएको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा लायन्स क्लब ३२५ एवानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवाल तथा डिस्ट्रिक्ट प्रथम महिला इन्दु भेटवालको सहभागिता रहेको थियो । इटालीस्थित गैह्रसहकारी संस्था ए.एन.टी.को आर्थिक सहयोग साथै डे वान हेल्थ र एम.टी.टी.एस.को सहकार्यमा प्राप्त मेडिकल उपकरणहरु अस्पताललाई प्रदान गरिएको हो । अत्यन्तै अत्याधुनिक तथा सुविधासम्पन्न उपकरणहरु सञ्चालन गर्ने प्राविधिक ज्ञान विदेशी संस्थालेनै प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर भेटवालले सामाजिक काम गर्न पाउनु सबैभन्दा सुखद् क्षण रहने बताए । बालबालिकाको क्षेत्रसँग जोडिएर आएका अस्पतालका उपकरणहरुले यस क्षेत्रका बालबालिकाले सेवा लिनसक्ने भन्दै उनले खुसीसमेत प्रकट गरे । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रोशन पोखरेलले सामाजिक भूमिका निर्वाह गरेकोमा लायन्सलाई धन्यवाद व्यक्त गर्दै प्राप्त उपकरणले बिरामीहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीका अध्यक्ष कर्ण रायमाझीले विदेशी सहयोगमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको भनाई व्यक्त गरे ।
सहयोग सामग्री उपलब्ध गराउन सहयोगी भूमिका निर्वाह गरेका लायन इन्द्र खत्री राजनले यसप्रकारको सहयोग सामग्री निरन्तर चार वर्षसम्म उपलब्ध गराउन सकिने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वागत मन्तव्यका क्रममा खत्रीले भने, ‘अहिले उपलब्ध भएका सबै सामग्री बहुमूल्य छन्, यसको सही सदुपयोग हुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।’
लायन्सका विशेष व्यक्तिहरुको साथै अन्य सामाजिक व्यक्तिहरुको सहभागितामा भएको लायन्स लिडर अजय अग्रवालले जानकारी दिए ।










