दमक/झापाको दमक वडा नं. २,३ र ४ वडामा खानेपानी योजनाका लागि तदर्थ समिति चयन भएको छ । वडा नं. ३ दका वडाध्यक्ष नबिन बरालका अनुसार ३ वटैै वाडका वाडध्यक्ष सहितको भेलाले स्थानीय अगुवा गेहनाथ पोखरेको अध्यक्षमा खानेपानी आयोजना निर्माणमा आवश्यक समन्वय गर्नका लागि समिति बनेको हो ।
उपाध्यक्षमा लता चापागाइ, सचिब कृष्णप्रसाद लुइटेल, कोषध्यक्ष बिमल भट्टराइ र सदस्यहरुमा धनबहादुर श्रेष्ठ,रुद्रप्रसाद मिश्र,रामुकमार बर्तोला,तुलसीप्रंसाद निरौला र रुद्राकुमारी राइ चयन भएकाछन् ।










