भद्रपुर । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् ।

डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको काँकरभिट्टा, विर्तामोड र दमक नगर क्षेत्रमा विगत वर्षमा सङ्क्रमण फैलिएको भए पनि बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो ।

एक साताअघि शुरुमा ११ वर्षीय अमन राईमा टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता लागेको अमनका बुबा ध्रुव राईले बताए ।

उनले भने, ‘छोरोलाई ज्वरो आएको तीन दिनपछि उसकी आमा र काकीलाई पनि त्यस्तै ज्वरो आयो ।’ रासस