प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चिनियाँ रेलको सपना देखाएकोमा उक्त सपना मिथ्या नभई यथार्थ भएको औपचारिक प्रतिवेदन तयार भएको छ । चीन सरकारले गतेको सम्भाव्यता अध्ययन प्रतिवेदनले भनेको छ, ‘केरुङ–काठमाडौं रेल नौ वर्षभित्र दौडाउन सकिन्छ, कूल लागत दुई खर्ब ५७ अर्ब । यसअघि करिब साढे तीन खर्ब लागत अनुमान गरिएको सो आयोजना अनुमानभन्दा आश्चर्यजनक रुपमा सस्तोमा निर्माण हुने अध्ययन संलग्न चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै रेल विभागले जनाएको छ ।

विभागका प्रवक्ता इ. प्रकाशभक्त उपाध्यायका अनुसार भोलि भदौं ४ गते बेईजिङमा चीन–काठमाडौं जोड्ने, केरुङ–काठमाडौं रेलमार्गको रेखाचित्र औपचारिक रुपमा सार्वजनिक गरिनेछ । उपाध्यायले अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार चिनियाँ अधिकारीले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा केरुङ–काठमाडौं रेलमार्ग २ खर्ब ५७ अर्ब रुपैंयाँ लाग्ने उल्लेख गरिएको दृष्टिन्यूजलाई बताए । प्रतिवेदनले अर्को आश्चर्यजनक तथ्य अगाडि सारेको छ । जसमा रसुवागढी सिमादेखि काठमाडौंसम्मको जम्मा दुरी ७२.२५ किलोमिटर हुनेछ । रेलमार्गको ९८.५ प्रतशित खण्ड पुल तथा सुरुङमा रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला विस्तृत अध्ययन नगरी प्रारम्भिक अध्ययन प्रतिवेदनको आधारमा डिपिआर निर्माण गरी जतिसक्दो छिटो रेलमार्ग निर्माण सुरु गर्ने सहमति यसअघि नै भइसकेको छ । प्रारम्भिक प्रतिवेदन तयार भएपछि अब डिपिआर निर्माण कार्य सुरु हुनेछ । करिब एक वर्षमा डिपिआर तयार गरेपछि निर्माण सुरु गर्न सकिने विभागको ठम्याई छ । उक्त रेलमार्ग निर्माणको लागि वित्तिय स्रोतको मोडालिटी एकिन गर्न भने बाँकी छ । नेपाल सरकारले चीनसमक्ष अनुमानमा निर्माण गरिदिन आग्रह गरिरहेको छ भने चीनले स्पष्ट रुपमा केही बताएको छैन । यद्यपि लागत धेरै नदेखिएपछि नेपाल सरकार आफैले समेत निर्माण गर्न सम्भव देखिएको छ ।  दृष्‍टि न्युज बाट