अबिरल बर्षपछि आज बिहान आएको गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

बाढीले पुल र सडक बगाएपछि अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट र रसुवा आवत जावत गर्न समेत सकिएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका १ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ । प्रहरीले यातायात सञ्चालनका लागि गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाका ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालन प्रयास भइरहेको जनाएको छ ।