त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।

विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१ वर्षीय बलबहादुर पुन छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको साथबाट चेकजाँचका क्रममा २० राउन्ड गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले लोकान्तरलाई बताए ।

पक्राउ परेका पुन भारतीय सेनाका कर्णेल भएको खुलेको छ ।

गोलीसहित पक्राउ परेका लामालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकान्तर बाट साभार