दमक/दमक मोवाइल संघका साधरण सदस्य सुरेन्द्र रेग्मीका छोरा रिदम रेग्मीको मृगौला प्रत्यारोपण र क्यान्सर रोगका कारण उपचारमा समस्या भएपछि संघको अगुवाइमा संकलित ५५ हजार १ सय ११ रुपिया पीडित परिवारलाइ सहयोग प्रदान भएको छ ।

दमक एदोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र निवर्तमान अध्यक्ष प्रकाश प्रशाइको उपस्थितिमा आइतवार सहयोग हस्ताण्तरण भएको हो । संघका अध्यक्ष हरीप्रसाद उप्रेतीका अनुसार मोवाइल ब्यववसायीसंग उठाईएको रकम प्रदान गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोवाइल ब्यवसायी खेम सापकोटाले रिदमको परिवारले आफ्नो मोवाइल पसल र भएको सम्पती बिक्री गरेर अहिलेसम्म उपचार गरेको बताउदै अहिले आर्थिक अभाव रहेको जनाए । उनले सबैलाइ सहयोगका लागि अपिल पनि गरे ।