दमक/भदौ १ गते शुक्रबार हिमालय माध्यमिक बिद्यालयमा भएको घटनाका दोषीहरुलाइ कार्वाहीको लागि माग गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन दमक नगर समितिले नगरपालिकालाइ ज्ञापनपत्र बुझाउदै हिमालय माबिमा गुण्डागर्दी भएको र नगर शिक्षा अधिकारी शालिकराम काफ्ले र बिद्यालय निरिक्षक गणेश पौडेलमाथि आक्रमण भएको भन्दै घटनाको निन्दा गर्दै ज्ञापन पत्र बुझाएको छ ।

सुरक्षाप्रति गम्भिर चिन्ता भएको भन्दै यहि अवस्थामा आफुहरु काम गर्न नसक्ने भन्दै भरपर्दो सुरक्षा मिलाउन समेत संगठनले माग गरेको छ । घटनामा संलग्नहरुलाइ कार्वाही गर्न नगरपालिकाको ध्यानकर्षण गराईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले शिक्षा अधिकारीमाथि हातपात भएको जनाउदै यसलाइ गम्भिरताका साथ लिइएको र ज्ञापनपत्रको बिषयमा छलफल हुने बताएकी थिइन् । बिभिन्न नारा लगाएर शिक्षकहरुले ज्ञापनपत्र बुझाएका थिए ।

दमक नगर अध्यक्ष लक्ष्मी श्रेष्ठ र सचिब बालकुमार रेग्मीले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएकाहुन् । संगठनका उपाध्यक्ष दोर्ण श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश नेता लोकनाथ गजुरेल लगायतले दोषीमाथि कार्वाही नगरे पढाउन छाडेर आन्दोलनमा आउने चेतावनी दिए ।