काठमाडौं । मेलम्ची खानेपानी आयोजना अर्थात् झण्डै दुई दशक अघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना सिन्धुपाल्चोकबाट पानी ल्याएर काकाकुल काठमाडौंलाई पानी प्यास मेटाउने । त्यो सपना पूरा हुनै लागेको मेलम्ची, याङरी र लार्के खोलाबाट दैनिक ५१ करोड लिटर पानी ल्याउने सपना पूरा गर्ने क्रममा दैनिक ३ करोड लिटर पानी वितरण आरम्भ भएको छ । भट्टराईले देखेको सपना पूरा भएको छ विना मगरको पालामा । महत्वाकांक्षी एउटा सपना अर्थात् मेलम्ची सपनाको पहिलो खुड्किलो सुन्दरीजलबाट दैनिक ३ करोड लिटर पानी वितरण शुरु भएको छ । अर्थात् मन्त्री विना मगरको कार्यकालको एउटा महत्वाकांक्षी सपना हुने क्रम शुरु भएको छ ।
https://youtu.be/NpP6DEEPkD4बहुप्रतिक्षित राष्ट्रिय गौरव आयोजना मेलम्ची खानेपानी आयोजनाबाट आगामी दशैंभित्रै राजधानी उपत्यकामा खानेपानी वितरण हुने भएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा बितरण गरिने आयोजनाले जनाएको छ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार आगामी दशैंभित्रै काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने छन् ।
सुरुङ तथा हेडवक्र्सको मुख्य कामहरु मध्ये २७ दशमलव ५८ किलोमिटर सुरुङ खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य सकिएको छ भने करिव ९ दशमलव ४ किलोमिटर सुरुङको फिनिसिङलगायतका काम सकिएको छ । आयोजना अन्तर्गत सुन्दरीजल पानी प्रशोधन केन्द्रको भाग १, ८.५ करोड लिटर दैनिक प्रशोधन क्षमता भएको केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । प्रशोधन केन्द्र भाग २ को थप ८.५ करोड लिटर क्षमता केन्द्रको करीब ४० प्रतिशत निर्माण कार्य सकिएको छ । २७ अर्व ७६ करोड कुल लागत रहेको आयोजनाको प्रगति भौतिक ८३ प्रतिशत र बित्तिय ९० प्रतिशत भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको वर्तमान स्थीतिबारे शनिवार सभामुख कृष्णबहादुर महरा र खानेपानी तथा सरसफाईमन्त्री विना मगरले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।










