काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले ६दिन बिदा थप गर्नुभएको छ ।
संसदीय सुनुवाइ समितिबाट असुइकृत भएसँगै जोशी साउन २० गते देखी बिदामा बस्नु भएको थियो । अाजकाे गाेरखाापत्र दैनिकमा खबर छ ।
उाँको १५ दिनको बिदा आइतबार सकिएको हो । जोशीले वार्षिक रूपमा पाउने भइपरी बिदाबाट ६ दिन बिदा रहने जानकारी दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
भैपर बिदाको जानकारी राष्ट्रपति कार्यालयलाई पछि दिए पनि हुने भएकाले बिदाको औपचारिक जानकारी आइतबार पठाइएको छैन । वार्षिक रूपमा १३ दिन भैपरी बिदामा बस्न सक्ने सुविधा हुन्छ ।










