दमक/झापाको दमकमा स्थापित भएको दमकम पब्लिक लाइब्रेरीले देशभर नै आफ्नो शाखा बिस्तार गर्ने भएको छ । यसै क्रममा झापाको बिर्तामोडमा शाखा खोल्ने निर्णय भएको अध्यक्ष भेषराज न्यौपानेले बताए ।

उनका अनुसार लाइब्रेरी सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकले बिर्तामोडमा शाखा सञ्चालन गर्ने निर्णय गरेको हो । पठन सस्कृतीको विकास र समाजमा रचनात्मक कामको अगुवाइ यस पब्लिक लाइब्रेरीले गर्दै आएको छ । अध्यक्ष न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर यस बिषयमा जानकारी दिएकाहुन् । उनले लेखेको स्टाटस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
बधाई तथा शुभकामना ! दमक पब्लिक लाइब्रेरी संचालक समितिको मिति २०७५/०५/०१ गते बसेको बैठकले दमक पब्लिक लाइब्रेरी लाई रास्ट्रव्यापी रुपमा अगाडि बढाउदै लैजान लाई यसको पहिलो शाखाको रुपमा बिर्तामोड मा लाइब्रेरी संचालक गर्ने निर्णय गरियो।बिर्तामोड शाखाको लागि तदर्थ कमिटी नबनुन्जेल सम्मका लागि सम्योजकको रुपमा सन्तोष घिमिरे लाई उक्त जिम्मेवारी दिने निर्णय पारित गरिएको जानकारी गराउदै बिर्तामोड आसपास रहने साथीहरू लाई सम्पर्कमा आउनका लागि हार्दिक अनुरोध गर्दछौ । अध्यक्ष भेषराज न्यौपाने दमक पब्लिक लाइब्रेरी