काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि जारी गरेको ऐन २०७५ अनुसार साउन १ गतेदेखि लागू भएको दस्तुर दर सार्वजनिक गरेको हो ।
जसअनुसार आर्थिक वर्ष २०७४/०७५ मा घरजग्गा कर न्यूनतम ९ सय लिदै आएकोमा यो आर्थिक वर्षमा सम्पत्ति करको न्यूनतम पहिलो एक करोडको मूल्यसम्म ०.०१ प्रतिशत अर्थात प्रति दश लाख रु १०० का दरले लिइनेछ ।
महानगरले कर लाग्ने मात्र होइन नलाग्ने सेवा प्रवाहका विषयमा पनि जानकारी गराएको छ । महानगरले प्रकाशन गरेको सार्वजनिक सूचना अनुसार स्वदेशमा अध्ययनका लागि छात्रवृत्ति सिफारिस, विपन्न विद्यार्थी सिफारिस, अपाङ्ग सिफारिस, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अदालत शुल्क मिनाह, नाबालक, स्वास्थ्य उपचार सिफारिस र जन्म, मृत्यु, विवाह, बसाई, सराई, सम्बन्ध विच्छेदका घटना दर्ताको काम निशुल्क हुने जनाएको छ ।
व्यक्तिगत घटना दर्ता गराउँदा ३७ दिनसम्म कुनैपनि शुल्क नलाग्ने, त्यसपछिको ३७ दिनसम्म ८ रुपैयाँ र त्यसपछिको जहिलेसुकै ५० रुपैयाँ मात्र लाग्ने जनाएको छ । भूकम्प प्रभावित क वर्गको प्रमाणपत्रका आधारमा घर पुर्निर्माण दस्तुरमा शत प्रतिशत छुट र प्राकृतिक प्रकोपबाट भएको घर पाताल सिफारिस पनि निशुल्क प्रदान गरिने महानगरको राजश्व विभागले जनाएको छ ।
यस्तो छ महानगरले जारी गरेको सूचना











