काठमाडौं, ४ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि बिहान १०.४५ मा यति एयरलाइन्सबाट बिराटनगर प्रस्थान गर्ने कार्यक्रम छ । बिराटनगर अवतरण गरेलगत्तै प्रधानमन्त्री ओलीले ग्याँस पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि प्रधानमन्त्री ओलीले १ न. प्रदेश स्तरीय कार्यकर्ता भेलालाई बीरेन्द्र सभागृहमा सम्वोधन गर्नुहुनेछ । कार्यकर्ता सम्वोधनपछि होटल ह्यारिसनमा उहाँले बिभिन्न संस्था, पार्टीका नेता÷कार्यकर्ता र नागरिकहरुसँग केही समय भेटवार्ता गर्नुहुनेछ ।

बिराटनगरका औपचारिक र अनौपचारिक कार्यक्रम सकेपछि साँझ पाँच बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भोलि नेपाली सेनाको पूर्व पृतना मुख्यालय इटहरीमा बास बस्नु हुनेछ ।

पर्सी बुधबार प्रधानमन्त्री ओली गृहजिल्ला झापाका बिभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान पाँडाजुगीस्थित सशत्र प्रहरी बलको पाथीभरा गौणमा दिउँसोको खाना खाने कार्यक्रम राखिएको छ भने उहाँले लखनपुरमा आर्युबेदिक औषधालयको शिलन्यास गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले त्यसपछि गौरादह नगरपालिकामा आयोजना गरिने पाँच नम्बरको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्वोधनसँगै अगुवा कार्यकर्ताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । गौरादह सामुदायिक भवनमा दिउँसो १ बजे कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओली बुधबार अपरान्ह दिउँसो ३.३० बजे काठमाडौं फर्कनुहुनेछ । चक्रपथ बाट