दमक,४ भदौ/ मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँका सय बढी ज्येष्ठहरुलाई सामूहिक रुपमा फलपूmल वितरण गरेका हुन् ।

आफना दिवंगत आमा कृष्णकुमारीको स्मृतिमा ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्दे प्रतिष्ठानले फलफूल वितरण गरिएको आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले बताईन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिष्ठानले १ सय ५० जना ज्येष्ठहरुलाई विस्कुट, केरा, जुस वितरण गरेको हो । प्रतिष्ठानले आफनो स्थापना पछि विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

त्यसअवसरमा सांसद सुव्वालाई प्रतिष्ठानले विशिष्ट सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडाले वताए ।

सो फलफूल वितरण कार्यक्रममा कांग्रेसबाट संघीय संसद सदस्यका उम्मेदवार भएका डाक्टर खगेन्द्र अधिकारी, कांग्रेस महासमिति सदस्य दिलबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि रेगिना भट्टराई, आदिवासी रंगशालाका अध्यक्ष हुकुमसिंह राई लगायत आयोजक प्रतिष्ठानका पदाधिकारीहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, ज्येष्ठ प्रतिष्ठानका सदस्यहरुको उपस्थिति रहेको थियो ।