कञ्चनपुर । गएको महिना उखुबारीमा मृत भेटिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१९ बस्ने दिलिप सिंह बिष्ट रहेका छन् ।

निर्मलाको हत्या आशंकामा उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जनता समाचार डटकमलाई जानकारी दिनुभयो । प्रहरीको बिशेष निगरानी र सुराकीका आधारमा उनलाई पक्राउ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को हुन दिलिप ?

दिलिप यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगेर एक बर्षअघि मात्रै रिहा भएका थिए । स्रोतका अनुसार निर्मलाको हत्या गरेको अभियोगमा उनीमाथि गहिरो अनुसन्धान प्रहरीले थालेको छ ।