काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको हो ।

यस विषयमा थप विवरण आउन बाँकी छ ।