रौतहट जिल्लामा क्रियाशील कांग्रेस तथा मधेशवादी दलहरुमा आबद्ध नेता तथा कार्यकर्ताहरु आइतबार नेकपा (नेकपा)मा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई नेकपा (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले फूलमाला तथा खादा ओडाएर स्वागत गरेका छन् ।
रौतहटको गौरस्थित राइसमिलमा आयोजित कार्यक्रममा नेकपा नेता डा. बंशिधर मिश्र तथा बरिष्ठ नेता तथा सचिवालय सदस्य माधव नेपालको उपस्थितिमा एक हजार कांग्रेस, राजपामा आबद्ध स्थानीय नेता कार्याकर्ता नेकपामा प्रवेश गरेपछि जिल्लामा नेकपाको पक्षमा जनमत थप बलियो भएको छ । दृष्टि न्युज बाट










