उदयपुर । श्रीमतीलाई जबरजस्ती करणीको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका २ नौले करकुसे बस्ने ४५ बर्षीय दुर्गा भन्ने दिप बहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

श्रीमतीले आफुलाई श्रीमानले जबरजस्ती करणी गरेको र नाबालिका छोरीलाई समेत यौन दुर्ब्यव्हार गरेको भन्दै सोमबार प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । सोही जाहेरी अनुसार उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर थप अनुसंन्धान गरिरहेको जनाइएको छ।