धर्मराज कठायत

कञ्चनपुर । निर्मला पन्त बलात्कार घटनामा सार्वजनिक गरिएको अभियुक्तको बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका केहीलाई पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरबासिन्दाले मानसिक सन्तुलन ठीक नभएकाे व्यक्तिलार्इ ‘बलात्कारी’का रुपमा सार्वजनिक गरेको भन्दै प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् । निर्मलाका बुबालाई प्रहरीले बिष्ट अभियुक्त भनी उनी विरुद्ध किटानी जाहेरी दिन दवाव दिएपछि बासिन्दा प्रहरी विरुद्ध प्रर्दशनमा उत्रेका हुन् ।

प्रहरीले वास्तविक अपराधी लुकाइएको भन्दै बासिन्दा विरोधमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणबाहिर पुग्ने स्थिति देखिएको छ । प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा ४१ वर्षीय दीलिप विष्टलाई बलत्कारका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । जनता समाचार बाट साभार