प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा जैविक ग्यास पुर्‍याउने एउटा अभियानको उद्‍घाटन गरेका छन्। विराटनगरस्थित श्रीकृष्ण गौ सेवा सदनमा प्रधानमन्त्रीले पाइपलाइनबाट ग्यास पुर्‍याउने अभियानको मंगलबार उद्‍घाटन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विराटनगर १४ जतुवास्थित श्रीकृष्ण सेवा सदनमा २०५ गाई छन्। यहाँ दैनिक दुई हजार किलोग्राम गोबर उत्पादन हुन्छ। यो गोबरबाट दैनिक २०० घनमिटर ग्यास उत्पादन हुने सदनले जनाएको छ।

पहिलो चरणमा ३२ परिवारलाई पाइपबाट ग्यास वितरण गरिएको छ। निकट भविष्यमा ८० घरपरिवारलाई ग्यास पुर्‍याउने लक्ष्य राखिएको समितिको भनाई छ।

वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको ८४ लाख सहयोगमा यो परियोजना सुरु भएको हो। हालसम्म एक करोड ११ लाख रुपैयाँ लगानी भएको यो परियोजनामा नेपाल सरकार, विश्व बैंक, क्लामेट इन्भेस्टमेन्ट फन्ड सीआइएफ र गौ सदनको संयुक्त लगानी छ।