५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएका थिए । तर, उनी उपचार सकेलगत्तै सुटुक्क भारत पुगेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा पत्नी डा. आरजु राणा देउवासहित भारत पुगेका हुन् । उनी पेटमा सामान्य समस्या देखा परेपछि उपचारको लागि एक साता अघि नै सिंगापुर पुगेका थिए । तर, उपचार सकिएलगत्तै उनी राजनीतिक भेटवार्ताका लागि सुटुक्क भारत पुगेको देउवा निकट उच्च स्रोतको दाी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारत बसाईको क्रममा देउवाले भारतीय शीर्ष नेताहरुसँगपनि गोप्य भेटवार्ता गरिरहेका छन् ।