मोरङ । प्रधानमन्त्री केपी ओलीले कसैको इशारामा नचल्ने बताउनु भएको छ । ‘सरकार कसैको लहैलहैमा चल्दैन’ विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, ‘यो सरकार निदृष्टि लक्ष्य अनुसार जनता र मुलकुको हितको लागि बनेको हो । हामीले मुलुकलाई समृद्ध पार्ने संकल्प गरेका छौं । वर्तमान सरकारले त्यो लक्ष्य पूरा गरेरै छोड्छ ।’
प्रधानमन्त्री ओलीले सरकारले जे गर्दा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिहेको बताउनुभयो । ‘कांग्रेसले राम्रो र नराम्रो छुट्याउन सक्दैन’ उहाँले भन्नुभयो, ‘सरकारले राम्रै निर्णय र राम्रै काम गरे पनि त्यसविरुद्ध जाइलाग्छ । कांग्रेसको अहिलेकाे कार्यशैली हेर्दा लाग्छ, उसको जन्म अर्थात् स्थापना नै आलोचना गर्नकै लागि भएको हो कि जस्ताे लाग्न थालेकाे छ।’
प्रधानमन्त्री ओलीले संविधानमा केन्द्र, प्रदेश र स्थानीय तहका अधिकार प्रष्ट रहेको उल्लेख गर्दै स्थानीय तहको कर बारे कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो रीति थिति अनुसार तय गरेको विदाप्रति विवाद गर्न नहुने बताउनुभयो ।










