उनले ताल्चा लिएर नगरपालिका आउनु पर्ने अवस्था सार्वजनिक नहोस भन्ने चाहेको बताइन् । उनले करको दररेट र करको बिषयमा भएका निर्णयहरु सार्वजनिक गर्न पनि माग गरिन् ।
दमक/नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले स्थानीय सरकारले जथाभावी कर नलिन चेतावनी दिएकीछन् । उनले सहन नसक्नी गरी कर बृद्धि भए र त्यो नघटाए जनताले प्रतिरोध गर्ने बताउदै यस्तो चेतावनी दिएकीहुन् ।
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले दमकमा आज आयोजना गरेको पत्रकार भेटघट कार्यक्रममा बोल्दै सांसद सुब्बाले भनिन्, जनतालाई आघात पुग्ने गरि कर वृद्धि नगर्न स्थानीय सरकारलाई माग गर्छु र बढाएको कर अविलम्ब फिर्ता गर्न मेरो माग रहेको छ ।
दमक नगरपालिकाले पनि विभिन्न सिफारिसका नाममा लिदैआएको करले विपन्न वर्ग मर्कामा परेको उनले दावी गरिन् । उनले भनिन्,–‘स्थानीय सरकारले जनतालाई राहतको अनुभूति दिने कार्यमा ध्यान दिनुपर्छ तर अहिले त्यस्तो नभएको पाएका छौ ।’
उनले ताल्चा लिएर नगरपालिका आउनु पर्ने अवस्था सार्वजनिक नहोस भन्ने चाहेको बताइन् । उनले करको दररेट र करको बिषयमा भएका निर्णयहरु सार्वजनिक गर्न पनि माग गरिन् ।
शान्तिपुर्ण रुपमा राखेको मागलाइ बेवास्था गर्दा नै हिमालय माध्यमिक बिद्यालयको घटना हुन पुगेको जनाउदै यस बिषयमा समेत सजग र सचेत हुन उनको आग्रह रहेको थियो । उनले राखेको भनाइएको केहि अंश
https://www.youtube.com/watch?v=txR8QLYqCjY









